नयाँ वर्ष २०७७ आरम्भ
काठमाडौं, १ वैशाख । आजबाट नयाँ वर्ष २०७७ आरम्भ भएको छ । वि.सं. को नयाँ वर्ष चुनौतीपूर्ण रहेको विश्वले भोगिरहेको कोरोना भाइरसको महामारीका कारण पनि प्रष्ट छ ।
इतिहासमै सबैभन्दा खल्लो नयाँ वर्षका रुपमा यसलाई लिइएको छ । नयाँ वर्षमा नेपालीहरु घरभित्रै लकडाउन पालना गर्नुपर्ने अवस्थामा छन् ।
रिपोर्टर्स नेपाल आफ्ना पाठक र शुभचिन्तकहरुलाई नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । जस्तोसुकै कठिन घडीमा पनि समयको चक्र चलिरहने हुँदा नयाँ वर्ष भव्यताका साथ नमिलेपनि सभ्य तरिकाले आ आफ्नै स्थानमा बसेर मनाउन मिल्ने नै छ । २०७७ साल सकारात्मक र रचनात्मकको वर्ष होस् भन्ने कामना गर्दछ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्षको शुभकामना दिएका छन् । नयाँ वर्षको शुभकामना दिंदा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शिर्ष नेताहरुले कोरोना संक्रमणको विषयलाई उल्लेख गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका अध्यहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरु कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलगायतका नेताहरुले नयाँ वर्ष २०७७ को शुभकामना व्यक्त गरेका छन् ।
१ वैशाख २०७७, सोमवार ००:२० बजे प्रकाशित