एक लाख ३८ हजार नगद सहित सात जना जुवाडे धनगढीमा पक्राउ

धनगढी,चैत ३० । धनगढीमा एक लाख ३८ हजार नगद सहित सात जना जुवाडे पक्राउ परेका छन्। उप–महानगरपालिकाको वडा नम्वर २ बाट उनीहरुलाई एक लाख ३८ हजार दुई सय ६ रुपैँया नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

वडा नम्वर २ का स्थानीय कृष्ण भण्डारीको घरमा जुवा खेलिरहेको अवस्थामा वडा नम्वर २ कै स्थानीय लोकेन्द्र भण्डारी, श्याम विष्ट, कृष्ण गुरागाई, तिलक अधिकारी, राम भट्ट र वडा नम्वर ३ का अरुण सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।


३० चैत २०७६, आइतवार १५:५१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु