कोरोनाका कारण पाँचमध्ये चार व्यक्तिको जागिर प्रभावित

काठमाडौं ,३० चैत । अहिले विश्वभरका ८१ प्रतिशत कार्यालय अर्थात ३.३ अर्ब मान्छेको काम कि आधा मात्र खुला छ कि पूरै बन्द अवस्थामा छ । यसरी साधारण दैनिकीमा बन्देज लगाइएदेखि धेरै कम्पनीहरु बन्द भएका छन् कति अस्थाइ रुपमा त कति सधैँका लागि । यस्तोमा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले विश्वव्यापी रुपमा यसले पार्ने असर सम्बन्धी अध्ययन गरेको छ ।

आइएलओका डिरेक्टर जेनेरल गाइ राइडर भन्छन्, “अविकसित र विकसित दुवै अर्थतन्त्रमा अहिले कामदार र व्यवसाय ठूलो संकटमा छन् । त्यसैले हामी सबैले उचित निर्णय लिएर तिव्र गतिमा सँगै अघि बढ्नुपर्छ । जैविकी र पतनको अवस्थामा भिन्नता ल्याउन तत्कालै उपयुक्त तरिका अपनाउन आवश्यक छ । ”

यसरी विश्वमहामारीको रुप लिएको कोभिड–१९ ले आगामी तीन महिनासम्म ६.७ प्रतिशत काम गर्ने समय कटौति गराइदिने अनुमान गरिएको छ । यो भनेको विश्वभर १९ करोड मानिसहरुले फुल–टाइम काम गुमाए समान हो । यसमा पनि सबैभन्दा नराम्ररी प्रभावित क्षेत्र अरबी स्टेट रहेको छ , जहाँ ५० लाख फुल टाइम काम गर्नेहरुको समय बराबर, ८.१ प्रतिशतले काममा कटौति हुने बताइएको छ । बीबीसी ।


३० चैत २०७६, आइतवार ००:२४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु