बझाङमा कोरोनाबाट बच्न विभिन्न सतर्कता अपनाईदै

बझाङ चैत,२८ । विश्व माहामारिको रुपमा फैलिरहेको कोरोना भाईरस (कोबिड 19) बाट बच्न बझाङ्गमा विभिन्न अहिले विभिन्न किसिमका सतर्कता अपनाउन थालियको छ ।
करिब ४० स्थानमा क्वारेन्टाइन को ब्यवस्था गरिएको र लगभग ३४६ जना क्वारेन्टाइनमा रहेको बझाङका सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर सार्की ले बताउनुभएको छ । उहाका अनुसार अहिले सम्म क्वारेन्टाइन बसेका हरुमा कुनै पनि किसिमको कोरोनाको लक्षण भेटिएको छैन ।

बझाङ जिल्ला भरी क्वारेन्टाइन बसेका हरुको स्वास्थ्य परिक्षणका लागि स्वाग संकलन भइरहेकै र अहिले सम्म लगभग ३० जनाको नमुना संकलन गरि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको पनि उहाले जान्कारी दिनु भएको थियो ।

यसै गरि जिल्लाका सबै स्वास्थ्य निकायहरुमा ppe का सामानहरुपनी उपलब्ध गराईएको र अति गरिब बिपन्न र दैनिक ज्याला मजदुरी गरि खाने बर्ग को नाम संकलन गरि रासन को ब्यबस्था पनि भै रहेको छ ।प्रत्येक वडामा नेपाल प्रहरी द्वारा जनचेतनामूलक अभियान हरु पनि चलाई रहेको र यसै अभियान मार्फत अनावश्यक भिडभाड मेला पर्व पनि नगराईदिन अनुरोध गरेको पनि सहायक प्रमुख सार्किले बताउनु भएको बझाङ्गबाट पत्रकार योगेश सिंह ले जानकारी गराउनु भएको छ ।


२८ चैत २०७६, शुक्रवार ०४:५३ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु