सुदुरपश्चिम प्रदेशद्धारा अति बिपन्न असहाय र ज्यालादारी मजदुरहरुलाइ १६ करोड राहत

धनगढी २८ चैत । सुदुरपश्चिम प्रदेश मन्त्री परिसदको बैठक सम्पन्न भएको छ । बिहिवार बसेको मन्त्री परिसद बैठक बाट अति बिपन्न , असहाय र ज्यालादारी मजदुरका परिवारका लागि १६ करोड स्थानीय तह मार्फत राहत सहयोग गर्ने निर्णय गरेको छ । जस्मा प्रत्येक ती परिवारलाई रु ३००० का दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको सुदुरपश्चिम प्रदेश सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बताए ।

बैठकले प्रदेशका सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटरको खरिद गर्ने निर्णय समेत गरेको छ । त्यस्तै सबै जिल्ला प्रसासन कार्यालयलाई ५ लाखका दरले र नेपाली सेना , ससस्त्र प्रहरि र नेपाल प्रहरिको लागी १५ लाखका दरले ब्यबस्थापनको लागि रकम उपलब्ध गराउने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री शाहले जानकारी दिए ।

बैठकले प्रदेसमा कार्यरत स्वास्थ्यकर्मी , सुरक्षाकर्मी लाई थप १५ लाखको र सन्चारकर्मी लाई १५ लाखको बिमा गर्ने निर्णय पारित गरेको छ । साथै सबै अस्पतालमा बिकास समिति मातहत का स्वास्थ्यकर्मिको लागि पनि प्रोत्साहन भत्ता को ब्यबस्था गरिने मन्त्री शाहले बताए ।


२८ चैत २०७६, शुक्रवार ०४:५१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु