यस कारण वाहवाह कमाइरहेका छन् : युवा नेता भण्डारी

काठमाडौं,चैत २६ ।नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीले राज्यका तीनै तहको वार्षीक तलबभत्ता र सांसद कोषको ५ सय ५ अर्ब रुपैयाँ अत्याधुनिक स्वास्थ क्षेत्रमा दिन सरकारसंग माग गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूसहित राष्ट्रपति, सांसदको वार्षीक तलबको ३ सय ५ र सासद कोषको ७२ अर्ब पनि कोरोना रोकथामलाई दिन अध्यादेश ल्याउदै गर्दा नेपाल सरकारले पनि संघ, प्रदेश र स्थानीय तहबाट त्यो रकम दिन सरकारलाई माग गरेकय हुन् ।

युवानेता भण्डारीले मन्त्री परिषद्को उच्चस्तरीय समितिमा एक पनि मेडिकल डाक्टर नभएको प्रसङ्ग जोड्दै कोरोनाविरुद्ध अग्रभागमा खटिएका वास्तविक हिरो डाक्टर, नर्स, एम्बुलेन्स चालक, सञ्चारकर्मी, कर्मचारी अनि सुरक्षाकर्मीलाई निकै असुरक्षित रहेकोले उनीहरुलाई पीपीई, सेनेटाईजर र एम ९५ मास्कहरु उपलब्ध गराउँदै कम्तीमा १ करोडको बिमा गर्न अपिल गरेका छन् ।
अमेरिका, युरोपमा करोडौंको बिमा भएको अनि छिमेकी राष्ट्र भारतमा स्वास्थ्यकर्मीको उत्साह बढाउन ताली बजाउँदै प्रधानमन्त्री मोदीले ८० लाख, अनि दिल्ली राज्यका मुख्यमन्त्री अरबिन्द केजरीवालले १ करोड ६० लाख गरि २ करोड ४० लाखको सहयोग घोषणा गरेकोले भण्डारीले नेपाल सरकारसंग पनि सो माग गरेका छन् ।

यस्तै युवा नेता भण्डारीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाईसमेत विभिन्न १० बुँदे सुझाव प्रस्ताव गरेपछि अहिले बाँके लगायत विभिन्न नेपाली कांग्रेसको पार्टी कार्यालय क्वारेन्टाईनमा परिणत भइरहेका छन् । नेपाली कांग्रेसका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको तर्फबाट नेबिसंघका पूर्व कार्यवाहक अध्यक्ष रहेका भण्डारीले कोरोनाविरुद्ध परिणाममूलक रणनीति बनाउन केन्द्रीय सदस्य, सांसद, स्थानीय तह प्रतिनिधि सम्मिलित आपतकालीन बैठकलाई भिडियो कन्फ्रेन्स गरि सुझाव संकलन गरि प्रतिपक्षी दलको तर्फबाट “राष्ट्रको नाममा सम्बोधन” को नयाँ अभ्यास गर्न सुझाएका छन् ।

युवा नेता भण्डारीले प्रतिपक्षीले मागपत्रको लिष्ट मात्रै सार्वजनिक नगरि आफ्नै पार्टी कार्यालय र नेताको खाली घरहरुलाई क्वारेन्टाइन बनाउन माग गरेपछि सामाजिक सञ्जालमा आम जनता र नेता कार्यकर्ताकये समर्थन र वाहवाहीसमेत पाइरहेका छन् ।

भण्डारीले भने, ‘अन्तर्राष्ट्रिय संकटले कहिँकतै मद्य्यावधी मात्र होईन कुनै पनि निर्वाचनको अवस्था छैन । पार्टी नेताको टङ्ग स्लिप भएको घटना (जिब्रो चिप्लिएको) लाई लज्जास्पद मुद्दा नबनाउन आग्रह गर्छु ।’ रामायणमा “अमृतधारी र विद्वान रावणलाई ज्ञानको अहंकार थियो तर रामलाई अहंकारको ज्ञान हुनाले युद्ध जितेको” प्रसङ्ग जोड्दै नेता भण्डारीले सबैलाई सावधानी अपनाएर कोरोना र भोकसँगको युद्ध जित्न र लक डाउन मानेर विश्वलाई बचाउन सुझाएका छन् ।

अमेरिकामा लाखौं मानिस अनि कुकुर र बाघसमेत कोरोनाले बिरामी भएको पत्ता लाग्नुमा परीक्षण नै प्रमुख कारण रहेको बताउदै नेपालमा ३ करोड जनसंख्या मध्ये १० लाख प्रवासी नेपाली गाउँपहाड फर्केका मध्ये १५ सयको मात्र परीक्षण गति निकै सुस्त मान्नुपर्छ भन्छन् । त्यसैले अब सबै राजनीतिक दल एक भएर प्री बजेट ल्याएर ग्लोबल टेण्डरमार्फत स्वास्थ्य सामाग्री खरिद गर्नुको बिकल्प नभएको उनको भनाइ छ ।


२६ चैत २०७६, बुधवार ०१:३१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु