punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवाले गरे बेलायतका प्रधानमन्त्री जोनसनको स्वास्थ्य लाभको कामना

Chaupati
safha napa

काठमाडौं,चैत २५ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य लाभको कामना गरेका छन्।

देउवाले मंगलबार ट्विटरमार्फत उनको स्वास्थ्यलाभको कामना गरेका हुन् । बेलायती प्रधानमन्त्री जोनसनलाई मेन्सन गर्दै सभापति देउवाले शीघ्र स्वास्थ्य लाभ कामना गरेका छन् ।

देउवाले भनेका छन्– ‘शीघ्र स्वास्थ्य सुधारका लागि शुभकामना छ। म उहाँको सु–स्वास्थ्यका लागि कामना गर्दछु ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोलगायत विश्व नेताहरूले पनि जोनसनको स्वास्थ्यलाभको कामना गरेका छन् ।कोरोना भाइरस संक्रमणपछि बेलायती प्रधानमन्त्री जोनसनलाई सघन उपचार कक्षमा उपचाररत छन् ।


२५ चैत २०७६, मंगलवार ११:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु