कञ्चनपुर मृतक भण्डारी दम्पतीको छोरी ममता भण्डारीको स्वास्थ्यमा समस्या

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरमा गत फागुन १४ गते भएको भण्डारी दम्पतीको हत्या प्रकरणमा आफ्नो घरभित्रै मृत फेला परेका जयलाल भनिने जय बहादुर भण्डारी र उनकी कान्छी श्रीमती धना देवी भण्डारीकि छोरी ममता भण्डारी को स्वास्थ्यमा समस्या आएको छ ।
हिजोदेखी ममता लाई एक्कासि बान्ता हुदै आएपछि बिरामी परेकी छिन । बिरामी परे पछि उपचारका लागि झलारी स्थित जिबन क्लिनिकमा उनको निशुल्क औषधि उपचार गरिए पनि उनलाई सन्चो हुन सकेको छैन !
ममताका बाजे भन्नू हुन्छ ममताका लागि आवश्यक पर्ने दुध डेरी बाट ल्याउदै आएका थियौ तर अब डेरि पनि बन्द हुदा दुधको समस्या भएको छ स्थानीय सरकारले औसधि उपचार खर्च दिने घोषणा गरे पनि पटक पटक वडा नम्बर ११ को वडा कार्यालय र शुक्लाफ़ाटा नगरपालिका धाउदा पनि प्रक्रिया मिलेको छैन भनी ढिलासुस्तीले गर्यो अझैसम्म कुनै पनि रकम उपलब्ध गरेको छैन !
त्यस्तै ममताका मामा प्रतीक रावलले स्थानीय सरकार आलोचना गर्दै भन्नुहुन्छ , आफुले बोलेका कुराहरु त समयमा लागू गर्न सक्नुपर्छ ! नगरको बजेट कर्मचारीको तलब, भत्ता ,पेट्रोल र नास्ता खर्चमा मात्रै सिमित छ ! देशमा यति ठुलो महामारी कोरोना भाइरसको संकट परेको बेला स्थानीय जनप्रतिनिधिहरु आफ्नो लोकप्रियताका लागि प्रतिस्पर्धामा राहत बितरण गर्दै सामाजिक संजालमा भाइरल हुन् खोज्दै हुनुहुन्छ ! जनताहरु बिपत्तमा परेको बेला वडा सरकार कानमा तेल हालेर सुतेको छ ! राहत बितरणको तथ्यांक संकलनमा आ आफ्नो प्यानल र आफन्तजनको नाम सिफारिस गरेको छ !
गाउँमा भएका गरिब दलित र भत्ता नपाएका वृद्धहरुप्रती पनि ध्यान दिन आग्रह गर्दछु मामा प्रतिक रावलको भनाई त्यसै गरि प्रहरी प्रशासनले पनि बच्चालाई आफन्तकोमा जिम्मा लगाउनमा ढिलासुस्ती गरेको छ ! टेलीफोन सम्पर्क गर्दा भोलि पहल गर्छौ पर्सि पहल गर्छु भन्दै लापरबाही गरेको प्रतिक्रिया दिएका छन् भने प्रहरी प्रशासनले देश महामारीमा रुमल्लि रहेका बेला बिभिन्न संघ सस्था र पसल बन्दरहेको जानकारी गराउदै लक डाउन खुले लगत्तै आफुहरुले पनि आवश्यक सहयोग गर्न सकिने प्रतिक्रिया दिएका दिएको छ ।
फागुन १४ गते दिउँसो मोटरसाइकलको ट्रयल दिन डडेल्धुराबाट महेन्द्रनगर पुगेका भरत साँझ अत्तरिया पुगी पुनः फर्की राति कलुवापुर पुगेर सोही राति घरायसी वादविवाद हुँदा उनले आफ्नै बुवा र सौतेनी आमाको हत्या गरेका थिए ।
२४ चैत २०७६, सोमवार ११:०६ बजे प्रकाशित