punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम सरकारको राहत कोषमा ३ ओटा बैंकद्धारा २० लाख सहयोग

Chaupati
safha napa

सुदूरपश्‍चिममा कोरोना भाइरसको संक्रमण रोकथामका लागि यहाँ रहेका बैंकहरुले आर्थिक सहयोग गरेका छन । सुदुरपश्चिम प्रदेश कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा बिहिवार यहाँका तिनओटा बैंकले २० लाख आर्थिक सहयोग गरेको मुख्यमन्त्रीका स्वकीय सचीव शिवसिंह ओलिले जानकारी दिए ।

उनले कुमारी बैंक लिमिटेडले १० लाख, गरिमा बिकास बैंक लिमिटेडले ५ लाख र माछापुच्छ्रे बैंक लिमिटेडले ५ लाख रुपैया सुदुरपश्चिम प्रदेश कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषका लागि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई चेक हस्तान्तरण गरेको बताए ।

चेक हस्तान्तरण गर्दै कुमारी बैंक लिमिटेडका प्रदेश प्रमुख दीपक खनाल, गरिमा बिकास बैंक लिमिटेडका धनगढी शाखा प्रमुख यादव प्रसाद पन्त र माछापुच्छ्रे बैंक लिमिटेडका प्रदेश प्रमुख हरिलाल ऎरले प्रदेश सरकारद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको राहत कोषमा रकम सहयोग गरिएको बताए।रकम सहयोग गर्ने सम्पुर्णलाई मुख्यमन्त्री भट्टले धन्यवाद दिएका थिए ।


२० चैत २०७६, बिहीवार ०९:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु