डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रूपैयाँ घट्यो
काठमाडौं : नेपालमा इन्धन (डिजेल, पेट्रोल र मट्टितेल)को मूल्य प्रतिलिटर १० रूपैयाँले घटेको छ।पछिल्लो समय अन्तर्रास्ट्रिय बजारमा निरन्तर गिरावट आएपछि नेपाल आयल निगमले प्रतिलिटर १० रूपैयाँको दरले मूल्य घटाएको हो।यस्तै आन्तरिक हवाई उडानको इन्धन प्रतिलिटर १५ रूपैयाँले घटेको छ।
कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वमा तेलको माग घटेपछि पछिलो समय मूल्य निरन्तर घट्दै आएको छ।भारतले नेपाललाई प्रत्येक १५ दिनमा अन्तर्राष्ट्रिय इन्धनको मूल्य सूची पठाउँदै आएको छ। जसअनुसार आज १९ चैत (१ अप्रिल) मा मूल्य सूची पठएको छ।
भारतबाट सूची आएपछि निगमले आज राति १२ देखि लागू हुने गरी मूल्य घटाएको जानकारी दिएको छ।मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोलको बिक्री मूल्य ९६ रूपैयाँ प्रतिलिटर भएको छ।त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ रूपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य ७५ रूपैयाँ कायम भएको छ।
२० चैत २०७६, बिहीवार ०२:०१ बजे प्रकाशित
















