punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको झोलुङ्गे पुलमा आवतजावत बन्द

Chaupati
safha napa

कञ्चनपुर : कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ र ३ जोडने सनवोरा नदीको झोलुङ्गे पुलको आवतजावत बन्द गरिएको छ।

स्थानीय बासिन्दाले झोलुङ्गे पुलका दुवैतर्फका प्रवेशमार्गमा अवरोधक राखेर आवतजावत बन्द गरेका छन्।

मोटरसाइकल, साइकललगायतका दुईपाङग्रे सवारी साधानदेखि पैदलयात्रीलाई समेत पुल प्रवेशमा निषेध गरिएको छ। पुल बन्द गरिएपछि अत्यावश्यक कामका लागि बाह्य क्षेत्रमा जाने व्यक्तिले नदी तरेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ।

पुल भएर बाह्य क्षेत्रका व्यक्तिको वडाको सडक भएर अन्यत्र जान थालेपछि जोखिमलाई मध्यजनगर गर्दै पुल बन्द गरिएको वडा नं ३ का स्थानीयवासी टीकुराम डगौराले बताए। भारतबाट फर्केकाको घरमै पुगेर १४ दिनसम्म घरभन्दा बाहिर ननिस्कनका लागि सचेत गराएको उनको भनाइ छ।


२० चैत २०७६, बिहीवार ०२:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु