लकडाउनमा मदिराको कारोबार गर्दैै व्यवसायी
कञ्चनपुर: कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लक डाउनका बेला खाद्यान्नको नाममा कञ्चनपुरको शुक्लाफाँटामा मदिरा बेच्ने दुई व्यवसायीलाई बुधबार बिहानै कञ्चनपुरको शुक्लाफाँटामा पक्राउ गरिएको छ ।
कोरना भाईरस(कोडिभ–१९)को संक्रमणले विश्वमा त्रास मच्चाईरहेका बेला कञ्चनपुरका मदिरा व्यवसायी भने निर्बाध रुपमा मदिरा ओर्सार्दै आएका छन् । सरकारले कोरना न्यूनिरण र संक्रमण बढ्न नदिनका लागि लकडाउन गरेको छ ।
लकडाउनको मौका छोपी मदिराका व्यवसायीहरुले राती राती मदिरा बोकिरहेका छन् । उनीहरुको साथबाट दुई मोटरसाईकल सहित मदिरा नियन्त्रणमा लिईएको छ ।
शुक्लाफाँटा नगरपालिका ८ मा कोरना भाईरस नियन्त्रण तथा उच्च सर्तकता विशेष कार्यदलले मदिरा बोकिरहेका दुई जना मदिराका व्यवसायीलाई नियन्त्रणमा लिएको हो । कार्यदलका संयोजक एव शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर महरा स्वयम आफै बिहानैदेखि वडामा लकडाउन प्रभावकारी बनाउन खटिएका थिए ।
उनको टोलीले बिहान ६ बजेतिर दुई मोटरसाईलकमा मदिरा बोकिरहेका व्यवसायीलाई नियन्त्रणमा लिईएको छ । वडाध्यक्ष महराका अनुसार कलुवापुर बजारको बोहरा मदिरा पसलबाट मदिरा ल्याईरहेका कृष्णपुर नगरपालिका १ सुन्दरफाँटाका राम प्रशाद चौधरी र पर्शुराम चौधरीलाई नियन्त्रणमा लिएको हो । से५ प ८४७४ र म१प ८७११ नम्बरको मोटरसाईकलमा ५ पेटी सौफि, २ पेटी डायमण्ड र १ पेटी भोट्का सहितका मदिरा बोकिरहेको अवस्थामा नियन्त्रणमा लिईएको थियो ।
१९ चैत २०७६, बुधवार ०९:४६ बजे प्रकाशित