punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एम्बुलेन्सकाे ठक्करबाट स्वास्थ्यकर्मीको मृत्यु

Chaupati
safha napa

एम्बुलेन्सकाे ठक्करबाट सुनसरीको इनरुवामा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। इनरुवा-६ मधेशाकी रत्ना श्रेष्ठको मृत्यु भएको हो। उनी मधेशा स्वास्थ्य चौकीमा कार्यरत रहेकी थिइन्।

को १ च ९६०५ नम्बरको एम्बुलेन्सले को १६ प २०६४ नम्बरको स्कुटीमा सवार ३५ वर्षीया श्रेष्ठलाई ठक्कर दिएको थियो। ठक्करबाट टाउकोमा गम्भीर चोट लागेको र उपचारको लागि न्युरो अस्पताल विराटनगर लैजाँदै गर्दा उनले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

एम्बुलेन्स तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।


१९ चैत २०७६, बुधवार ०९:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु