बिश्वभर कोरोनाको संन्त्रास
नेपाल र भारत दुबै देशका सरकारले नाका बन्द गरेको छ । दुबै देशहरुमा सवारी साधनहरु कुनै पनि चलेका छैन्न यो हामीलाइ थाहा छ तर लकडाउन गरेकै दिन देखि हजारौको संख्यामा बनबासा गौरीफंटा नाकाहरु बाट सुदुरपश्चिम प्रदेश लगायतका जनताहरु पैदल हिडेरै भित्रीरहेका छ्न । संकटको समयमा मातृभूमिमा आउन पाउनु हरेक नेपाली नागरीकको नैसर्गिक अधिकार हो तर यसरी यो महामारीले कसैलाइ मातृभूमि कै मायाले आए भन्दैमा छोड्ने वाला भने छैन ।
सुदुरपश्चिम प्रदेशमा यो महिना मात्र डेढ लाख भन्दा बढी मानिसहरु भारत बाट भित्रेका छ्न । निर्वाध रुपमा उनीहरु गाउघर पसीरहेकाछ्न सरकारले तोकेको १४ दिनको क्वारेन्टाइनमा उनीहरु बस्न मानेका छैन्न । सुदुरपस्चिम प्रदेशको बैतडी को एक स्थानीय निकायका जनताले प्रहरीलाई नै कुटेर लखेटेका समाचारहरु पनि हामीले सुन्न पायौ । एका तिर हामी नै कुर्लन्छौ सरकारले केही गरेन अर्को तर्फ हामी सरकारलाई समेत केही गर्न दिदैनौ । यसरी बिस्वमा आतंक मच्चाइरहेको नोबेल कोरोना भाइरसले हाम्रो जस्तो स्रोत र साधन बिहिनको स्वास्थ्य सेवा उपलब्ध देशले यस्को कहर कसरी खप्न सक्ने हो यो निक्कै चिन्ताको बिषय बनेको छ ।
पुस पहिलो साता चिनको बुहान सहरमा देखा परेको नोबेल कोरोना भाइरस अहिले विश्व भरी महामारीको रुपमा फैलीसकेको छ । मानिसको जीवन मानौ हत्केला बाट बालुवा झरे झै झरिरहेको छ ।अहिले विश्व समुदाय आक्रान्त भएको छ । यस्ले मानव अस्तित्व नै संकटको भुमरीमा धकेलीरहेको छ ।
संसारमा दैनिक हजारौ मानिसहरुको यो रोगका कारण मृत्यु भैरहेको छ । हामी नेपालीहरु पनि यो रोगको उच्च जोखिममा छौ तर हामी मस्त निदाएका छौ मानौ हामी नेपालीलाइ वरदान मिलेको छ कि यो रोग नलाग्नमा त्यसैले त हामी सरकारले लगाको लकडाउनमा पनि सडकमा भिड लगाउन छोडेका छैनौ । हामीलाइ आफ्नो जीवन , परिवार , समाज र रास्ट्रको कुनै चिन्ता र माया नै छैन ।
बनमा झरेको सानो आगोको झिल्कोले बनमा डडेलो लगाएर सारा बन नै सखाप बनाए झै यो रोगले मानिसहरुको जिवनलाइ तहस नहस पारिरहेको छ । तर हामी नेपाली हाम्रै हातमा रहेको हाम्रो जीवन आफ्नै हात बाट खसाइ रहेका छौ अंजुलीमा भरेको पानी औलाका कांपहरु बाट झरे गरि ।
हामी अरुलाई उपदेश दिइरहेका छौ चिन्तित पनि छौ संसार भरिका समाचार हेरेर तर आफैले आफैलाइ चाहिँ निक्कै हलुका तवरले लिइरहेका छौ । हामीलाइ हाम्रो जीवन मुल्यवान लाग्छ भने केही समय आफ्नै घर भित्र आफ्नै परिवारका बिचमा बस्न किन समस्या भैरहेको छ ? आफ्ना बानीहरु सुधारौ हाम्रै घरको ढोका बाहिर पुगिसकेको कोरोना हामी घरै भित्र बसेर बाहिरै बाट फर्काउन सक्छौ ।
स्पेन , फ्रान्स , इटाली ,जर्मनी, थाइल्यान्ड ,लन्डन ,अमेरीका जस्ता मुलुकहरुलाइ त यो रोगले घुंडा टेकाइरहेको छ हामी जस्तो स्रोत र साधन बिहिन देशले औषधिकै भरमा यो रोगलाई जित्न सक्दै सक्दैनौ त्यसैले पनि घर भित्र बस्नुको अर्को बिकल्प हाललाई कुनै छैन ।
चीन सरकारले आफ्ना जनतालाई लकडाउनमा राखेर लगभग दुई महिनामा यो रोगलाई नियन्त्रणमा लिइ सकेको छ । हामी पनि सरकारको आदेश पालना गरौ सरकारलाई काम गर्ने वातावरण सृजना गरौ । हामी नेपालीले आफ्नै आत्मबिश्वासका साथ नालापानीको युद्द बाट देशलाई बचाए जसरी फेरि एक पटक कोरोना भाइरस बाट आफु र सम्पुर्ण नेपालीको जीवन बचाउनु छ ।
१९ चैत २०७६, बुधवार ०८:१९ बजे प्रकाशित