पाँच जना समाजसेवी युवाद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

कंचनपुर : कंचनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर-५ मा बसोबास गर्ने गरिव तथा विपन्न परिवारलाई खाद्यान वितरण गरेको छन ।

वडा नम्बर ५ का सामाजसेवि तथा युवा दिनेश भण्डारी, शिवि लुहार, माेहन साउँद, धिरेन्द्र साउँद, गणेश साउँदका व्यक्तिले वनसमिति,गर्जमुनि, खजुवा टाेलका अति विपन्न मुक्त हलिया,वादी समुदाय,भुमिहिन र सुकुम्बासी समुदायका ३० परिवारलाइ खाद्यान्न वितरण गरेको हो।

कोभिड-१९ कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि दैनिक मजदुरी गरेर खाने समुदायको समस्यालाई मध्यनजर गर्दै खाद्यान्न वितरण गरिएको वार्ड सदस्य तथा समाजसेवी माेहन साउँदले बताए।

लकडाउनका कारण समस्यामा परेका व्यतिहरूलाई पहिचान गरी दाेस्राे चरणमा १०० परिवारलाई सहयोग गर्ने लक्ष्य लिएका छाै राष्ट्रिय हलिया मुक्ति समाजका अध्यक्ष तथा समाजसेवि शिवि लुहारले भन्नू भयाे।

लकडाउन समयमा खाद्यान्नकाे समस्या थियाे । छाक टार्न निकै ग्राहाे भएकाे बेला केहिदिनका लागि खाद्यान्न भयाे खुसी छु रमेश तिरूवा भन्नू भयाे।


१९ चैत २०७६, बुधवार ०७:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु