आफ्नो देशमा आउन पनि नाराबाजी गर्नुपर्ने ?
काठमाडौं : भारतका विभिन्न स्थानमा स्वदेश फर्किन चाहेका नेपाली नागरिकहरु अलपत्र परेका छन् ।
धार्चुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् भने नयाँदिल्लीसहित अन्य क्षेत्रमा पनि सयौँ नेपाली अलपत्र अवस्थामा परेको समाचार सार्वजनिक भइरहेका छन् ।
भारतमा रहेका केही नेपालीले आफूहरु नेपाल जान चाहेको तर जाने व्यवस्था नभएकाले अलपत्र परेको बताएको भारतीय सञ्चारमाध्यमले पनि उल्लेख गरेका छन् ।
कति संख्यामा नेपालीहरु अलपत्र परेका छन् भन्नेबारेमा एकिन तथ्यांक नभए पनि धार्चुलामा कम्तिमा पनि पाँचसय नेपाली अलपत्र अवस्थामा रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकहरुले ‘आफ्ना जनता फिर्ता ले’ ‘नेपाली नाका फिर्ता गर’ भन्दै लगातार नाराबाजी गरिरहेको भिडियो सार्वजनिक भएको छ ।
उनीहरुले नेपाल फर्किन पाउनुपर्ने माग गरेका छन् ।
प्रमुख प्रतिपक्षसहित सत्तारुढ दलका नेताहरुले पनि कोरोनाका कारण अलपत्र परेका नेपाली नागरिकको उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् ।
१८ चैत २०७६, मंगलवार ००:१० बजे प्रकाशित