धनगढीको हाम्रो शुभारम्भ फार्मेसीलाई २० हजार जरिवाना

धनगढी : गैर कानुनी रुपमा मास्कको कारोवार गरेको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले धनगढीको हाम्रो शुभारम्भ फार्मेसीलाई २० हजार जरिवाना गरेको छ ।

शुभारम्भ फार्मेसीका संचालक रेखा ऐरले बिल बिनाका मास्कको कारोवार गरेको फेला पारेपछि बिहीबार धनगढी उपमहानगरपालिका,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले जरीवाना तोकेएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख कमल बहादुर पुन मगरले बताए ।

उनका अनुसार सुभारम्भ फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ( घ) को कसुरमा सोही ऐनको दफा ३९ को १ ( क) अनुसार तत्काल जरिवाना गरिएको बताए ।


१३ चैत २०७६, बिहीवार १४:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु