चौधरी ग्रुपद्धारा कोरोना रोकथामको लागी स्वास्थ्य सामग्री हस्तान्तरण

धनगढी : चौधरी ग्रुपको सामाजिक उत्तरदारित्व वहन गर्ने सस्था चौधरी फाउन्डेसनले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्याआवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

फाउन्डेसनले सम्भावित जोखिम न्यूनीकरणका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), अक्सिजन जेनेरेटिङ्ग उपकरणहरु, सर्जिकल मास्कजस्ता अत्यावश्यक सामग्रीहरु जिल्ला प्रशासन कार्यालय मार्फत सुदुरपश्चिम प्रदेशका बिभिन्न स्वास्थ्य संस्थाहरूलार्ई हस्तान्तरण गरेको हो ।

विश्वभर कोभिड–१९ विरुद्ध लडिरहँदा नेपाल पनि एकजुट भएर यो संक्रमणसँग जुधिरहका बेला यो सहयोगले तात्कालिक सेवा प्रवाहमा ठूलो भूमिका खेल्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख यज्ञराज बोहराले बताए । कोभिड–१९ बाट हरेक नागरिकलाई जोगाउनुका साथै सम्भावित संक्रमणको उपचारका लागि फाउन्डेसनले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ ।

कोभिड–१९ संक्रमितको उपचारका लागि तयारी गरिरहेका देशभरिका स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक सामग्री उपलब्ध गराइरहेकोे र आगामि दिनहरुमा पनि उक्त प्रयास जारी राख्ने फाउन्डेसनले जनाएको छ ।

कोभिड–१९ उपचारका लागि आवश्यक सहयोग पुर्याउनका निमित्त तथा जोखिमपूर्ण अवस्थामा रहेका स्वास्थ्य संस्थामा पीपीई लगायत अन्य आवश्यक सामग्री अभाव नहोस भनेर फाउन्डेसनले हेल्पलाइन सेवा समेत शुचारु गरेको छ जसका लागि हेल्पलाइन नम्बर ९५११७२३९, ९०१०६७४४३ र ९०२०२०९५३ मा सम्पर्क गर्न सकिने जनाएको छ ।


१३ चैत २०७६, बिहीवार १४:०१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु