लकडाउनको मौका छोपी तरकारीमा चरम कालोबजारी

काठमाडौं : विश्वभरि कोरोना भाइरसको महामारीको संक्रमण बढ्दै गएको र नेपालमा पनि यसको स्पष्ट संकेत देखिए पछि सरकारले मङगलबारदेखि मुलुकभर चैत १८ गतेसम्मका लागि लकडाउन गरेको छ । यता बजारमा यसैको मौका छोपेर तरकारीमा चरम कालोबजारी हुन थालेको छ।

दुई दिन अघिसम्म ८० रुपैयाँ किलो रहेको टमाटर बुधबार एक सय ५० रुपैयाँ पुगेको छ । टमाटरको मात्र होइन व्यापारीले सबै खालका तरकारीमा मूल्य बढाएका छन् । मटरकोसाको पनि त्यस्तै मूल्य बढेको छ ।

सरकारले लकडाउन गरेको र बजार बन्द भएको तथा तरकारी नभएको भन्दै उपभोक्तालाई व्यापारीले ठग्न थालेका हुन् । देशभर लकडाउन भएको र तरकारी नभएकाले मूल्य बढेको भन्दै एक किलो टमाटरको १५० रुपैयाँमा बेचिरहेको बुधबार बिहान सोहखुट्टेको एक तरकारी पसलमा तरकारी किन्न गएकी सुनिता बरालले बताइन ।


१२ चैत २०७६, बुधवार ०७:४२ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु