punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना भाईरस सम्बन्धि सचेतना अभियान

Chaupati
safha napa

विश्वमा महामारिको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बच्न व्यक्तिगत सरसफाइमा ध्यानमा राख्दै डोटीको जोरायल गाउपालीकाकोे स्वास्थ्य शाखाले सचेतना अभियान सञ्चालन सुरु गर्ने भएको छ । ‘एक घर एक साबुन’ को लक्ष्यका साथ सचेतना अभियान सगै साबुन समेत बितरण गर्ने जनाएको छ ।

सचेतना अभियानका लागि युवाहरूले विभिन्न व्यक्तिको व्यक्तिगत सहयोगबाट जुटेको रकमबाट ८ सय ६४ पिस साबुन मंगलबार नै जोरायल गा.पा.स्वास्थ्य शाखाका प्रमुख नन्द देउवालाई हस्तान्तरण गरेका छन भने बाकी ६ सय ७३ साबुन बुधवार जोरायल गा.पा.मा रहेका स्वास्थ्य केन्द्रहरूलाई हस्तान्तरण गरिन जनाएको छ ।

३ हजार ८सय ३ घरधुरी रहेको जोरायल गा.पा.मा स्वास्थ्य शाखाले सचेतनासहित साबुन वितरणमा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयमसेविका समेत परिचालन गर्ने भएको छ । यता गा.पा अध्यक्ष दुर्गा ओझाले कोरोनाको जोखिमबाट बच्न गरेको पूर्व तयारी र्सहानीय भएको बताए ।

उनले गाउपालीकामा आवश्यक तयारीमा भईरहेको समेत बताए । त्यसैगरी स्वास्थ्य शाखालाई कोरोनाको चेकजाँचका लागि आवश्यक पर्ने सामग्रीहरू खरिद गरी घुम्ती शिविर पनि सञ्चालन गर्न निर्देशन दिइसकेको बताए ।


११ चैत २०७६, मंगलवार ११:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु