आजबाट देशभर एकसाता लकडाउन

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण सरकारले मंगलबार बिहान ५ बजेदेखि लागु हुनेगरी एक साता देशैभर लकडाउन गरेको छ । सोमबार बसेको कोरोनासम्बन्धी उच्चस्तरीय समितिको बैठकले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको हो ।

सोमवार कोरोना संक्रमण पोजेटिभ बिरामी फेला परेपछि सरकारले यस्तो निर्णय लिएको हो । कोरोना रोकथाम गर्न आदेश जारी गर्दै औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने बताइएको छ ।


११ चैत २०७६, मंगलवार ०२:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु