अछामको मेल्लेख गाउँपालिका ७ नन्देगडामा नमुना बस्तीको सिलान्यास

अछामको मेल्लेख गाउँपालिका वडा न ७ नन्देगडामा नमुना बस्ती को सिलान्यास गरिएको छ । सिलान्यास कार्यक्रममा बोल्दै मेल्लेख गाउपालिका अध्यक्ष लोक बहादुर बोहोराले जेठ महिना भित्र नमुना बस्ति निर्माण गरि नन्देगडा रिठा गाउका पहिरो पडित लाई नमुना बस्ती हस्तान्तरण गरिने प्रतिबद्धता जनाए ।

मेल्लेख गाउपालिकाको सहयोग बाट नमुना बस्ति निर्माणका लागि पहिरो प्रभावितलाई एक घरको ८ लाख को लगानीका दरले १६ वटा घर निर्माण को काम तिब्र गतिमा काम अगाडि बढाउन निर्देशन दिएको बताए । सोहि सिलान्यास कार्यक्रममा रिठगाउको पहिरो पढित संग छलफल गरि काम छिटा सक्ने बिषयमा छलफल पनि गरिएको छ ।

गाउपालिकाले नमुना घर टहरा बनाईदिने भयपछि पहिरो पिढित खुसि भएका स्थानीय दलबहादुर साउदले बताए । सिलान्यास कार्यक्रममा मेल्लेख प्राबिधिक शिद्ध अधिकारी , रंग साउद समाजसेबि जोगि सि साउद , निर्माण ब्याबसायि केशर साउद ,नेकपा जिल्ला कमेटि सदस्य राम बहादुर बुढा , विद्यार्थी नेता नरेन्द्र खडका सुरत साउद पत्रकार लालबहादुर चदारा लागायतको उपस्थिति रेहेको थियो।


५ चैत २०७६, बुधवार ११:३२ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु