पेट्राेल, डिजल र मट्टितेलकाे मूल्य घट्याे

पेट्राेलियम पदार्थकाे मूल्य घटेकाे छ। नेपाल आयल निगमका अनुसार साेमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्राेल, डिजल र मट्टितेलकाे मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटेकाे छ।

यस्तै, हवाई इन्धनमा ४ रुपैयाँ ५० पैसा मूल्य घटेकाे छ। तर खाना पकाउने ग्यासकाे मूल्य भने यथावत राखिएकाे छ। नयाँ मूल्यसूची अनुसार पेट्राेलकाे मूल्य प्रतिलिटर एक सय ६ रुपैयाँ डिजल र मट्टितेलकाे ९५ रुपैयाँ तथा हवाई इन्धनकाे ९० रुपैयाँ कायम गरिएकाे छ। अन्तर्राष्ट्रिय बजार मूल्यमा गिरावट आएको भन्दै नेपाल आयल निगमले नेपालमा पनि मूल्य घटाएको हो।


४ चैत २०७६, मंगलवार ०२:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु