#belauri nagarpalika
#belauri

कञ्चनपुरमा विद्यार्थी सवार बस दुर्घटना

#belauri
#bhimdat

कञ्चनपुर : कञ्चनपुरमा विद्यार्थी सवार बस दुर्घटनामा परेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ अमरपुरमा युनिभर्सल बाल विद्या निकेतनको म १ ख ४२४ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा दुर्घटनामा परेको स्कुल बसबाट ३० बालबालिकाको उद्दार गरिएको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी पोष्ट कलुवापुरका प्रहरी नायब निरिक्षक रुपसिह थापाले दुर्घटनाग्रस्त बसबाट ३० बालबालिकाको उद्दार गरिएको जानकारी दिए।

उनीहरु मध्ये ३ जना घाइते छन्। घाइतेहरुलाई उपचारका लागि स्थानीय क्लनीकमा पुगाइएको बताउँदै थापाले बसमा सवार विद्यार्थीको संख्या यकिन हुन नसकेको बताए। बस सडक छेउमा रहेको पोखरीमा खसेकाले उद्दारमा केही समस्या भएको प्रहरीले जनाएको छ।


२ चैत २०७६, आइतवार ११:१६ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु