डोटीमा कोराना नफैलियोस भनेर मन्दिरमा भाकल गरियो

डोटी : संसारभरी फैलिएको नोवेल कोरोना (कोभिड-१९) भाइरसको संक्रमण जिल्लामा नआओस भन्दै शिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा भाकल गरिएको छ।

कोरोना भाइरसका संक्रमण डोटीमा फैलन नदिन शक्ति स्वरुप जगदम्वा माता शैलेश्वरीसँग भाकल गरिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले जानकारी दिए।

‘हामीले भाकल गरेका छौं, माता शैलेश्वरीको कृपादृष्टिले कोरोनाको संक्रमण हाम्रो क्षेत्रमा आउने छैन,’ अध्यक्ष भट्टले भने, ‘भगवान शिवले सयल गरेको ठाउँ, भगवान रामचन्द्रले यज्ञ गरेको यो पवित्र भूमिमा यस्ता संक्रमण आउने छैन् भन्ने हामीलाई विश्वास छ।’


२ चैत २०७६, आइतवार ०९:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु