कैलाली र कञ्चनपुरमा चैत्र ४ गते सार्वजनिक बिदा

धनगढी : कैलाली कञ्चनपुरमा चैत्र ४ गते मंगलवारका दिन सार्वजनिक बिदा हुने भएको छ । राना थारु समुदायको महत्त्वपूर्ण पर्व खखडेहरा परेकाले सुदूरपश्चिम प्रदेश सरकारले चैत्र ४ गते बिदा दिने निर्णय गरेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जारी गरिएको सूचनामा कैलाली कञ्चनपुर जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने सूचना अधिकारी लक्ष्मी प्रसाद जोशीद्वारा हस्ताक्षर सूचनामा भनिएको छ ।


२ चैत २०७६, आइतवार ०८:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु