कोरोना नियन्त्रण गर्न नेपाललाई सघाउने भयो चीनले

काठमाण्डौँ : नेपालमा कोरोनाको समस्या भए नियन्त्रणका लागी चीनले पूरा सहयोग गर्ने जनाएको छ ।

मंगलवार कोरोनाको संक्रमण, नियन्त्रण र पूर्वतयारीका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँगको भेटका क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कोरोना भाइरसको संक्रमण, नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको बताइन्।

त्यस्तै उनले कोरोना भाइरसको संक्रमणबाट बच्न नेपालले अपनाएको पूर्वसतर्कता र तयारीको प्रशंसासमेत गरिन् ।


२८ फागुन २०७६, बुधवार ०१:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु