कोरोनाले इटलीमा एकैदिन ४९ जनाको मृत्यु

बिश्वभर कोरोना भाइरसको त्रास बढिरहेका बेला इटलीमा कोरोनाको संक्रमणका कारण एकैदिन ४९ जनाको मृत्यु भएको छ ।

शुक्रवार इटलीमा कोरोना संक्रमणका कारण ४९ जनाको मृत्यु भएको हो । एकैदिन यतिधेरै संक्रमितको मृत्यु भएको यो पहिलो पटक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको वुहानबाट शुरू भएको भनिएको कोेरोना संक्रमण हालसम्म ९० भन्दा बढी देशमा फैलिएको छ । कोरोनाका कारण हालसम्म सबैभन्दा बढी मृत्यु चीनमा भएको छ । इटलीमा मात्रै पछिल्ला २ हप्तामा १९७ जनाको मृत्यु भएको छ ।

इटलीमा हालसम्म कोरोनाको संक्रमण ४ हजार ६३६ व्यक्तिमा देखिएको छ । इटलीका छुट्टाछुट्टै २२ स्थानमा कोरोना संक्रमित देखिएका छन् । संक्रमितको संख्या दक्षिण कोरिया र इरानमा पनि बढी रहेको छ ।

संसारभर १ लाखभन्दा बढी व्यक्ति कोरोनाको संक्रमणमा रहेको तथ्यांक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका छ । हालसम्म ३ हजार ३०० संक्रमितको मृत्यु भइसकेको छ । अमेरिकामा १४ जनाको मृत्यु भएको छ ।


२४ फागुन २०७६, शनिवार ०७:२६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु