पश्चिम सेती निर्माणका लागि दबाब दिन के.एम.सी.मा पत्र संकलन

धनगढी : बोलन्या थली धनगढीले पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्रीलाई एक लाख पत्र संकलन कार्य निरन्तरता दिएको छ । बुधबार विश्व सहित्य सम्मेलनको मञ्चबाट प्रधानमन्त्रीलाई १ लाख पत्र संकलनको कार्य सुरु थालेको बोलन्या थली धनगढीले आज कैलाली बहुमुखी क्याम्पसमा पत्र संकलन गरेका छ ।

पश्चिम सेतीका बारेमा रचनात्मक विरोध स्वरूप कैलाली बहुमुखी क्याम्पसमा आयोजना गरिएको पत्र संकलनमा सुदूरपश्चिमाञ्चल बिश्वबिद्यालयका पुर्व रजिस्ट्रार एवं पुर्व क्याम्पस प्रमुख डा. हेमराज पन्तले पत्रको सुरुवात गरेका थिए ।
पत्र संकलनमा कैलाली बहुमुखि क्याम्पसमा अध्ययनरत बिद्यार्थिहरु सहभागि रहेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।

१ बजेसम्म उक्त कार्यक्रममा २ हजार भन्दा बढी पत्र संकलन भइसकेको संयोजक यादव जोशीले बताए ।
७५० डोकासहित डोटीमा प्रदर्शन र ७५० नागरिक ७५० मिनेट अनशन बस्ने थप दबाबका कार्यक्रम समेत रहेको जोशीले बताए।

यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र संगीत संघर्ष कार्यक्रम गरिसकेको छ।


२२ फागुन २०७६, बिहीवार ०९:२४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु