डोटीमा चट्याङ लागेर एक बृद्धाको मृत्यु

डोटीमा चट्याङ लागेर एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको सायल गाउपालिकाको वडा नम्बर २ सिर्मा गाउमा चट्याङ पर्दा ६० बर्षिया जसु देवि ओलीको मृत्यु भएको हो ।

बुधबार साझँ ६ : ३० बजे घरमा बसिरहेको बेला चट्याङ लाग्दा उनको मृत्यु भएको सायल प्रहरीले जानकारी दिएको छ । सायल प्रहरी चौकिलाई आज बिहान तिन बजे मात्रै घटना बारे जानकारी भएको थियो ।

प्रहरीका अनुसार घटना भएको स्थान प्रहरी चौकिबाट जानको लागि पैदल चार घण्टा लाग्ने भएको हुदा प्रहरी टोली घटना स्थलमा गएको र घटनाको थप बिवरण आउन बाकि रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।


२२ फागुन २०७६, बिहीवार ०७:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु