बार्षिक परिक्षा चैत्र ५ गते भित्र सम्पन्न गर्न गोदावरी नगरपालिकाकोे निर्देशन

कैलाली : कैलालीको गोदावरी नगरपालिकाले नगर भित्रका सबै बिद्यालयहरुलाई कक्षा १ देखी ९ सम्मका बार्षिक परिक्षा चैत्र ५ गते भित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।कोरना भाईरसको संक्रमण बढदै गएको भन्दै नगरपालिकाले बिद्यालयहरुलाई यस्तो निर्देशन दिएको हो ।

विश्वभर कोरना भाईरस (कोभिड १९) को संक्रमण र सन्त्रास बढदै गएको सन्दर्भमा आबश्यक सतर्कता अपनाउन उपयुक्त भएकाले बार्षिक परिक्षा चैत्र ५ गते भित्र सम्पन्न गर्न हुन अनुरोध छ नगरपालिकाका शिक्षा शाखा प्रमुख बसन्त कुमार खत्रीद्वारा आज हस्ताक्षरित सूचनामा भनिएको छ।यस्तै नगरपालिकाले बिधालयहरुलाई बिद्यालयमा सभा समारोह नगर्न समेत अनुरोध गरेको छ ।


२२ फागुन २०७६, बिहीवार ०२:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु