एसीसी क्रिकेट : नेपाल–हङकङ भिड्दै

काठमाडौं : थाइल्याण्डमा जारी एसीसी इष्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल आज हङकङसँग भिड्दैछ।
खेल नेपाली समय अनुसार अहिले सवा ८ बजे सुरु हुनेछ। हङकङ पहिलो खेल खेल्न लागेको हो भने नेपाल पहिलो खेलमा हिजो मलेसियासँग पराजित भएको थियो।
पहिलो खेल हारेपछि अघिल्लो चरण प्रवेशको संभावना कायम राख्न नेपाल आज जित्नै पर्ने दबाबमा छ। एशिया कप छनौटमा पुग्न शीर्ष दुईमा पर्नुपर्ने भएकाले आज पनि पराजित भए नेपालको संभावना झिनो र गणितीय मात्रै बाँकी रहनेछ।
प्रतियोगिता अन्तर्गत आजै दिउँसो हुने अर्को खेलमा मलेसिया र थाइल्याण्ड भिड्नेछन्।
पहिलो खेलमा नेपाललाई हराएको मलेसिया अपराजित यात्रा कायम राख्ने दाउमा छ भने थाइल्याण्ड पनि घरेलु मैदानमा पहिलो जितको खोजीमा रहनेछ।
१८ फागुन २०७६, आइतवार ०२:०४ बजे प्रकाशित