सुदूरपश्चिम महोत्सव २०७६को आय व्यय सार्वजनिक

धनगढी : धनगढीमा संचालन भएको महोत्सवमा १ करोड ९८ लाख आम्दानी भएको छ । कैलाली उधोग वाणिज्य संघले आयोजना गरेको ‘सुदूरपश्चिम महोत्सव २०७६’ मा १ करोड ९८ लाख ७ हजार ४ सय ७० रुपैयाँ आम्दानी भएको हो ।

शनिबार कैलाली उधोग वाणिज्य संघले पत्रकार सम्मेलन गरेर उत्त कुराको जानकारी दिएको हो । पत्रकार सम्मेलन मार्फत आयव्यय सार्वजनिक गर्दै संघका अध्यक्ष पुष्पराज कुंवरले महोत्सव सञ्चालनमा १ करोड २६ लाख ६१ हजार रुपैया खर्च भएको बताए ।

उघोग वाणिज्य सघले खर्च कटाएर ६९ लाख ४६ हजार रुपैया बचत गरेको छ ।


१७ फागुन २०७६, शनिवार १२:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु