punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जङ्गली हात्तीले एकै रात नौ विघाको गहुँबाली सखाप

Chaupati
safha napa

कञ्चनपुर : जङ्गली हात्तीको बथानले एकै रात कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा नौ विघाभन्दा बढी जग्गामा लगाएको गहुँबालीमा क्षति र्पुयाएको छ । बुधवार राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खजुवा, गर्जमुनिलगायतको बस्तीमा छिरेको हात्तीको बथानले गहुँबालीमा क्षति र्पुयाएको हो ।

स्थानीयवासी देवराज जोशीले हात्तीको बथानले बाला लागेको गहुँबाली खाएर र खुट्टाले कुल्चेर व्यापक नोक्सान र्पुयाएको बताए। ‘धेरै किसानको गहुँबालीमा क्षति गरेको छ’, उनले भने,‘ खेतको गहुँ पुरै नष्ट भएपछि परिवारका लागि वाह्य क्षेत्रबाट गहुँ खरिद गर्नुपर्ने अवस्था आएको छ।’

हात्तीले गहुँबाली क्षति र्पुयाएको किसानको खेतमा अनुगमन गर्दै नगर प्रमुख दिलबहादुर ऐरले ३६ किसानभन्दा बढीको आठदेखि नौ विघा जग्गामा लगाइएको गहुँबालीमा हात्तीको बथानले क्षति र्पुयाएको बताए।

‘किसानको गहुँबालीसँगै तोरी, केरा लगायतमा समेत क्षति गरेको पाइएको छ’, उनले भने। उनका अनुसार हात्ती नियन्त्रणका लागि नगरपालिकाको एक्लो प्रयासले नसकिने भएकाले यसमा सङ्घीय सरकार र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए।

‘विसं २०७४ सालदेखि हात्तीको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको अन्नबाली खाएर नोक्सानी गर्दै आएको छ’, उनल भने, ‘तीन वर्षको अवधिमा ९५० परिवारले क्षति व्यहोरेका छन्।’ हात्तीका कारण नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ६, ७, ८ र १२ का बासिन्दा प्रभावित हुँदै आएका छन्।


१६ फागुन २०७६, शुक्रवार ०२:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु