कञ्चपुरमा श्रीमान श्रीमतीको विभत्स हत्या
कञ्चनपुर : कञ्चनपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन । जिल्लाको शुक्लाफाटा नगरपालीका ११ कलुवापुरमा धारिलो हतियार प्रयोग गरि श्रीमान श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
मृत फेला पर्नेमा स्थानीय ५२ बर्षका जयलाल भण्डारी र २२ बर्ष कि धना भण्डारी रहेको प्रहरीले जनाएको छ ।
अहिले घटना स्थललाई घेराबन्दीम राखेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक सुरत कार्कीले बताए । ‘दुवैजना रगताम्य अवस्थामा भेटिएकाले अनुसन्धानको लागी प्रदेश कार्यालयबाट कुकुरको टोली समेत घटनातर्फ आउदै गरेको उनले बताए ।
१५ फागुन २०७६, बिहीवार ०९:५९ बजे प्रकाशित