हङकङ तताइन् कवि तुम्खेवाले
हङकङ : कवि तथा संचारकर्मी बिमला तुम्खेवाको एकल कविता वाचन कार्यक्रम हङकङमा भब्यताका साथ सम्पन्न भएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण दुई चार जना मान्छे पनि जम्मा हुन मुस्किल हुने अवस्थामा हङकङवासी नेपालीको बाक्लो उपस्थितीमा कविता वाचन कार्यक्रम भएको हो ।
नेपाली भाषा तथा साहित्य परिषद् हङकङको संयोजन र हङकङ साहित्यिक साझा श्रृंखलाको आयोजनामा भएको कार्यक्रममा कवि तुम्खेवाले
‘हजार सपना र मनमाया,’ ‘भूतपूर्व विट्रिस गोरखा सिपाही खड्गबहादुर लिम्बु,’ ‘तिमी हराएपछि’ लगायतका कविता वाचन गरेकी थिइन् ।कवितामार्फत देशप्रेम, सम्बन्ध, समाज र नारी समानताका कुरालाई केस्रा केस्रामा केलाउन सिपालु तुम्खेवाका कविताले भरपुर मनारञ्जन दिएको कार्यक्रममा सहभागी हङकङवासी नेपाली किसन राइले बताए ।
९४ औं हङकङ साहित्यिक साझा श्रृंखलाको अवसरमा कविता वाचनका लागि त्यहाँ पुगेकी तुम्खेवाले हङकङवासी नेपालीको अथाह माया र सद्भावले कविता लेखनमा थप उर्जा मिलेको बताइन् ।
यस्तै कवि तुम्खेवालाई हङकङस्थित बिपि चिन्तन प्रतिष्ठान समाज, पथरी–हङकङ सम्पर्क समितिले पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेका थिए ।
१३ फागुन २०७६, मंगलवार ०३:५८ बजे प्रकाशित