punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजदेखि सातै प्रदेशको साताव्यापी मौसमको पूर्वानुमान

Chaupati
safha napa

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले आजदेखि एक हप्ताको मौसम पुर्वानुमान शुरु गरेको छ। कृषकहरुलाई लक्षित गरी हरेक बिहिबार एक हप्ताको मौसम पुर्वानुमान शुरु गरिएको मौसमविद शान्ति कँडेलले जानकारी दिइन्। उनाँका अनुसार हरेक दिन बिहान ३ दिनको मौसमको पुर्वअनुमान यथावत राख्दै आजदेखि एक हप्ताको पुर्वअनुमान पनि शुरु गरिएको हो।

महाशाखाले कृषकको हितको लागि भन्दै देशको संघिय संरचना अनुसार प्रदेशस्तरिय मौसमको जानकारी दिन थालेको छ। यसअघि देशको पुर्वि, मध्य, पश्चिमी, सुदुरपश्चिम भुभागको आधारमा मौसमी अवस्थाको जानकारी र अनुमान गर्ने गरिएकोमा आजदेखि प्रदेश १, २ गरी सातै प्रदेशको भुभागलाई आधार मानेर मौसमी अवस्थाको जानकारी र अनुमान गर्न थालिएको महाशाखाले जनाएको छ ।

यसैबिच पश्चिमी वायुको प्रभावका कारण अहिले बिहान पश्चिमका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ। देशका अन्य भेगको भने मौसम पुर्ण बदली रहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। राति पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भुभागको केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।


९ फागुन २०७६, शुक्रवार ०५:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु