punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुक्रबार सिनेमाः ‘आमा’ भर्सेज ‘सेन्टी भाइरस’, कसले मार्ला बाजी?

Chaupati
safha napa

आज शुक्रबार दुई नेपाली सिनेमा रिलिज भएका छन् रिलिज हुने दुई सिनेमामध्ये एक ‘पशुपति प्रसाद’ फेम दीपेन्द्र के खनाल निर्देशित पारिवारिक कथा ‘आमा’ रिलिज भएको हो भने अर्को सिनेमा राब बाबु निर्देशित ‘सेन्टी भाइरस’ सिनेमा हो।

दुबै सिनेमाले दर्शक तान्ने अनुमान गरिएको छ।’आमा’मा मिथिल शर्मा शीर्ष भूमिकामा रहेकी छन् भने ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल मुख्य भूमिकामा छन्।

यसैगरी ‘आमा’मा शर्माका अलावा सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारीलगायतका कलाकारको अभिनय छ भने ‘सेन्टी भाइरस’मा सिताराम कट्टेलको साथमा दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री आदि कलाकारको अभिनय रहेको छ।

यी दुई नेपाली सिनेमाका अलवा नेपाली सिनेमाघरमा दुई हिन्दी सिनेमा ‘शुभ मंगल ज्यादा सावधान’ र ‘भूत’ रिलिज भएका छन्।यसैगरी हलिउडतर्फ ‘द कल अफ द वाइल्ड’ रिलिज भएको छ।शुक्रबार र शनिबार लगातार दुई दिन बिदा परेकाले नेपाली सिनेमाहरूले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ।


९ फागुन २०७६, शुक्रवार ०४:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु