आजको मौसम पूर्वानुमान : वर्षा र हिमपात

काठमाण्डौँ : मौसम पूर्वानुमान महाशाखाले आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहीबार पहाडी भूभागमा केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालको पश्चिमी तथा मध्य क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएको छ । भने देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ ।

पूर्वानुमानका अनुसार दिउँसो देशभर आंसिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

साथै राति देशभर सामान्य बदली रही पश्चिमका केहि भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।


८ फागुन २०७६, बिहीवार ०२:२१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु