punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित

Chaupati
safha napa

काठमाडौँ :विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगन गरेको छ ।त्रिवि कार्यकारी परिषद्को सोमबार बसेको बैठकले विशेष कारणवश् अर्को निर्णय नभएसम्मका लागि स्ववियु चुनाव स्थगित गरेको त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले जानकारी दिनुभयो ।

‘विद्यार्थी सङ्गठनको सहमतिमै चुनाव स्थगित गरिएको हो’, उहाँले भन्नुभयो, ‘चुनाव हुनुभन्दा एक महिना अगाडि चुनाव कार्यतालिका सार्वजनिक गर्नुपर्ने थियो, तर त्यो हामीले सकेनौँ, त्यसैले चुनाव स्थगित गरेका हौँ ।’ उहाँले विद्यार्थी सङ्गठनको छलफल र सहमतिमा छिट्टै चुनाव मिति तय गरिने जानकारी दिनुभयो ।

भुसालका अनुसार आउँदाे चैत अन्तिम हप्ता चुनाव गर्ने गरी विद्यार्थी सङ्गठनसँग सहमति गरिनेछ । त्यसअगावै स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको परीक्षा सम्पन्न गर्ने त्रिविको तयारी छ ।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सबै क्याम्पसलाई परिपत्र गर्दै तोकिएको मितिमा चुनाव नहुने स्पष्ट पारेको छ । त्रिविका आङ्गिक क्याम्पसमा यही फागुन १४ गतेका लागि स्ववियु चुनावको मिति तोकिएको थियो ।

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु चुनाव विद्यार्थी सङ्गठनबीचको विवादका कारणले विगत १० वर्षदेखि नियमित हुन सकेको छैन । त्रिविमा विसं २०६५ यता क्याम्पसमा स्ववियु चुनाव हुन सकेको छैन । तीन वर्षअघि विसं २०७३ मा भएको चुनाव दुई सय ५० क्याम्पसमा मात्र भएको थियो ।

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु चुनाव निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ । विद्यार्थी सङ्गठनबीच चुनाव प्रणाली, उमेरहदबन्दीका कारणले स्ववियु चुनाव विगत १० वर्षदेखि हुन नसकेको हो ।

त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु चुनावको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको थियो । पत्रअनुसार ती क्याम्पस स्ववियु चुनावको तयारीमा जुटेका थिए । तोकिएको चुनावका लागि यही फागुन ४ गतेदेखि चुनाव प्रक्रिया सुरु गर्ने प्रस्ताव गरिए पनि काम अघि बढेको थिएन ।


७ फागुन २०७६, बुधवार ०१:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु