सुनौलो महाकालीको महेन्द्रनगर–काठमाडौं बस सेवा शुरू
कञ्चनपुर : कञ्चनपुरको सुनौलो महाकाली यातायात सेवा प्रालिले महेन्द्रनगर–काठमाडौं बस सेवा शुरू गरेको छ । यसअघि नगर, जिल्ला र प्रादेशिक स्तरमा सेवा दिइरहेको सुनौलो महाकालीले महेन्द्रनगरबाट काठमाडौं बस सेवा शुरू गरेको हो ।
सोमवार भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले उक्त सेवाको उद्घाटन गरे । महेन्द्रनगरबाट दैनिक एउटा बस राजधानी काठमाडौं जाने सुनौलो महाकालीका निवर्तमान अध्यक्ष दानसिंह धामीले बताए । उनका अनुसार महेन्द्रनगरबाट काठमाडौंसम्मको भाडा १ हजार ८२५ रुपैयाँ तोकिएको छ ।
६ फागुन २०७६, मंगलवार ०५:२३ बजे प्रकाशित