punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतले महाकालीमा बनाएको पुल हटाइयो

Chaupati
safha napa

दार्चुला : भारतले महाकाली नदीमा लगाएको काठेपुल नेपाली प्रहरीले हटाएका छन्। केही साताअघि ब्यास गाउँपालिका-१ को माल्पादेखि दोपखेसम्मको क्षेत्रमा भारतीय पक्षले काठेपुल हालेको थियो।

४ फागुनमा दुम्लिङमा रहेका प्रहरीले काठेपुल निकालेर महाकाली नदीमा फालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। भारतले तिब्बत सीमा जोड्ने सडक निर्माण गर्नुका साथै सीमा नदी महाकालीमा पुल हालेको थियो।

व्यास-१ पेल्सितीमा लगाइएको र माल्पानजिक महाकाली तर्न बनाइएको काठको पुल प्रहरीले फालेका हुन्। व्यास-१ कै कटारपानीमा डोजरसमेत वारपार गर्न मिल्ने गरी बनाएको कल्भर्टजस्तै पुलमाथि ढुंगा राखिएकाले भत्काउन नसकेको एक प्रहरीले बताए।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उक्त क्षेत्रमा सुरक्षा उपस्थिति नहुँदा त्यहाँ कार्यरत कामदारले सडक खनेका र अस्थायी काठेपुल लगाएको दाबी गरे।


६ फागुन २०७६, मंगलवार ०१:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु