तुर्माखाँदका विभिन्न टोलमा नेकपा कमिटी गठन

टेकराज भण्डारी, अछाम ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा तुर्माखाँद गाउँ कमिटी अन्तर्गत विभिन्न वडाका टोल कमिटीहरु गठन कार्य जारी रहेको छ । तुर्माखाँद गाउँ कमिटी वडा नम्बर ३ धमालीका विभिन्न टोलमा नेकपाका टोल कमिटी गठन गरिएका हुन् । साबिक धमाली ३ साउनाकोट, नाउँलेगाउ, चौतारा, सालमेलामा टोल भेला गरी टोल कमिटी गठन गरिएको हो ।

वडा कमिटी अध्यक्ष भीम बिष्टको अध्यक्षतामा भएको भेलाले दुर्गाप्रसाद धमाला अध्यक्ष र सचिव झुले नेपाली रहने गरी १९ सदस्यीय टोल कमिटी गठन गरिएको छ । यस्तै साबिक वडा नम्बर १ पल्चौरमा खम्म शाहीको अध्यक्षतामा १९ सदस्यीय टोल कमीटी पनि गठन गरिएको छ ।
भेलाका प्रमुख अथिति नेकपा प्रदेश कमिटी सदस्य जोरासिह बिष्ट रहेका थिए । प्रमुख अतिथि बिष्टले नेकपाको पार्टी एकता प्रक्रिया टुंगोमा पुर्याउन टोल कमिटी गठनको कार्य भैरहेको बताए ।

टोलटोलमा नेकपा संगठित भई अघि बढ्नुपर्ने र सरकारले जनताका लागि गरिरहेका काम, कारबाही, राम्रा गतिविधि सबैसामू पु¥याउन सबै सदस्यको भूमिका रहने प्रदेश कमिटी सदस्य बिष्टको भनाई छ ।

भेलामा जिल्ला कमिटी सदस्य कुमार धुर्व बिस्ट, अनेरास्ववियू जिल्ला सहसंयोजक निरक शाही, गाउँकमिटी सदस्य नवराज धमाला, अखिल नेपाल रास्ट्रिय शिक्षक संगठनका जनक शाही, ईन्दा शाही, प्रेम धमाला लगायतको सहभागिता रहेको थियो ।


५ फागुन २०७६, सोमवार ०६:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु