punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुधबार बिहानै नेपाल प्रवेश गर्दै पश्चिमी वायु

Chaupati
safha napa

काठमाण्डौ : केही दिनदेखि मौसम सामान्य रहेको नेपालमा बुधबारदेखि बदली हुने देखिएको छ।मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले आज (सोमबार) बिहान दिएको जानकारीअनुसार बुधबार बिहानैदेखि नेपालमा पश्चिमी वायुको प्रभाव पर्नेछ।

‘यसले कति दिन र कस्तो प्रभाव पार्नेछ भन्ने कुरा पछि नै अनुमान गर्न सकिनेछ,’ नेपालखबरसँग मौसमविद् नगरकोटीले भनिन्, ‘त्यही दिन (बुधबार) चाहिँ देशका पहाडी भेगका केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ।’उनका अनुसार मौसम बदली भने देशभरै गराउनेछ। मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने भएकाले बुधबारपछिको अवस्था पछि नै भन्न सकिने माैसमविद् नगरकाेटीले बताइन्।

यसैबीच आज (सोमबार) पनि मध्य तथा पूर्वी पहाडका आइसुलेटेड (निश्चित एक/दुई ठाउँ) स्थानमा हल्का वर्षा हुने सम्भावना छ।आजको सम्भावित वर्षाचाहिँ नेपालको स्थानीय वायुबाट विकसित प्रणालीको प्रभावले हुने हो। के हो पश्चिमी वायु? बोलीचालीमा पश्चिमी वायु भनिए पनि खासमा भित्रिने भनेको पश्चिमी वायुबाट विकास हुने पश्चिमी न्यून चापीय प्रणाली हो। जसको प्रभावको मात्राअनुसार वर्षा तथा हिमपात हुने गर्छ।

माैसमविद्का अनुसार पश्चिमी वायु त हिउँद यामभर चलिहेरकै हुन्छ। त्यसको प्रभाव घटीबढीको कुरा मात्रै हो। जब त्यसबाट पश्चिमी न्यून चापीय प्रणाली विकास हुन्छ र नेपाल प्रवेश गर्छ तब बोलीचालीमा पश्चिमी वायु भित्रिएकाे भन्छाैँ। पश्चिमी न्यून चापीय प्रणाली जहिले देशकाे पश्चिमबाटै प्रवेश गर्छ र क्रमश: सर्दै पूर्वबाट बाहिरिन्छ। मनसुन अर्थात् वर्षायाम लागेपछि भने पश्चिमी वायु चल्न बन्द हुन्छ र पूर्वी वायु आउन सुरु हुन्छ। जुन वायु पूर्व दिशाबाट भित्रिन्छ।


५ फागुन २०७६, सोमवार ०२:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु