महराविरुद्धको मुद्दामा बहस सकियो, केही बेरमै फैसला आउँदै

काठमाडाैं : जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ चलेको थियो। महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी,लभ मैनाली,दिनमणी पोखरेल,भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए।

सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलहरुले बहस गरेका थिए । संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियाे । केहीबेरमै फैसला आउने सम्भावना रहेको महराका वकिल मुरारी सापकोटाले बताए।


४ फागुन २०७६, आइतवार ११:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु