बैशाख ४ गते हिमालय कलेज एसईई डान्स स्टार प्रतियोगिता हुदै
धनगढी : धनगढीमा हिमालय कलेज एसईई डान्स स्टार प्रतियोगिता हुने भएको छ । प्रभात शैक्षिक मञ्चको आयोजनामा २०७७ बैशाख ४ गते हिमालय कलेज एसईई डान्स स्टार प्रतियोगिता हुने आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । विद्यार्थीको व्यत्तित्व बिकासका लागी प्रतियोगिता आयोजना गरिन लागेको हो ।
उत्तः प्रतियोगितामा एक विद्यालयबाट १ जना देखि ५ जनासम्म प्रतिस्पर्धी सहभागी हुन पाउन पाउने जनाएको छ । कक्षा १० का विद्यार्थी अर्थातले मात्र यस प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएको छ । यस प्रतियोगितामा एकल वा बढीमा ५ जनाको समूमा नृत्य प्रस्तुत गर्न पाईनेछ । प्रतिस्पर्धी हरेकलाई स्थान हासिल नगरे पनि एसईई पछिको ब्रिजकोर्षमा ३० प्रतिशत छात्रवृत्ती प्रदान गरिने जनएको छ ।
विद्यालयबाट एक प्रतिस्पर्धी विद्यार्थी छनोट पछि विद्यालयमै पत्रिकाको टिम आएर खाजा समयमा वा घरमै गएर एक जना प्रतिस्पर्धी विद्यार्थीका बारेमा एक रिपोर्ट तयारी गरि अनलाईनमा प्रकाशन गरिनेछ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतियले क्रमशः नगद रु १०,०००।–, रु ७,०००।– र रु ५,०००।– सहित विभिन्न गिफ्ट ह्याम्पर, विभिन्न कार्यक्रममा प्रतिभा देखाउने अवसर, ब्रिजकोर्षमा छात्रवृत्ती सहित फिल्ममा डान्सको अवसर सहित थुप्रै पुरस्कार प्रर्दान गर्ने मञ्चका सम्पादक प्रकाश छेडाल बताउनुभयो ।
कार्यक्रममा सहभागी हुुन फारम भर्नुपर्ने जनाएको छ । फारम शुल्क ५ सय मात्रै लाग्ने जनाएको छ । फाराम वितरण शुरु भइसकेको पनि आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न पाँच लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितालाई हिमालय कलेज, काठमाण्डौँले मुख्य प्रायोजकमा साथ दिएको छ भने खास फर्मेसी धनगढीले पनि प्रतियोगितालाई साथ दिएको छ ।
यस्तै हस्पिटालिटी पार्टनरमा होटल दोगडा केदार छ भने प्रायोजकमा दहाल पुस्तक पसल, धनगढी र सह–प्रायोजकमा हिमालय एजुकेशन रिसर्च सेन्टरले साथ दिएको छ ।
३ फागुन २०७६, शनिवार १४:०८ बजे प्रकाशित