नेपाल आइडलबाट बाहिरिन् मिग्मा लामा

काठमाण्डौ : फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो साता मिग्मा लामा बाहिरिएकी छिन् । रचना रिमालले सबैभन्दा धेरै भोट ल्याउँदा मिङ्मा बाहिरिइन् ।

गत हप्ताको प्रस्तुतीका आधारमा बिहीबार साँझको श्रृंखलाबाट उनी बाहिरिएकी हुन् । उनी नेपाल आइडलको जारी सिजनकै बलियो प्रतिस्पर्धीका रुपमा रहेकी थिइन् ।

यद्यपि मिग्मा भोटका कारण बाहिरिएकी हुन् । नेपाल आइडलमा अब ९ जना प्रतिस्पर्धी बाँकी छन् । नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।


२ फागुन २०७६, शुक्रवार ०२:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु