छाउ प्रथाविरुद्ध क्रियाशील रहन शिक्षकलाई निर्देशन

अछाम :नेपाल राष्ट्रिय शिक्षक संगठन, अछामले छाउ प्रथाविरुद्ध क्रियाशील रहन सबै शिक्षकहरुलाई निर्देशन दिएको छ ।
संगठनको अछाम जिल्ला कार्य समितिले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको अभियानको रुपमा संचालन भइरहेको छाउगोठ भत्काउने अभियानलाई सम्मान र समर्थन गर्दै अभियानमा सहयोग र क्रियाशील रहन सबै शिक्षकहरुलाई आग्रह गरेको हो ।

जिल्ला अध्यक्ष जानकी बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नयाँ परिस्थितिमा महिला दिदीबहिनीहरु र उनका घरपरिवारका सदस्यहरुलाई सम्झाइ बुझाई यो कुप्रथाबाट मुक्त गराउन हाम्रो दायित्व ठानेका छौं ।’

सुदुरपश्चिम प्रदेशमा पुस्तौंदेखि चेतनाको कमिले मान्दै आई रहेको छाउप्रथा र महिनावारी हुँदा गोठमा बस्नुपर्ने दैनिक कामकाजबाट विमुख हुनुपर्ने कुसस्ंकारको विरुद्धमा संगठन निरन्तर लागिरहने प्रतिवद्धता पनि विज्ञप्तिमा उल्लेख छ ।


२९ माघ २०७६, बुधवार ११:३१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु