तोलामा १ सयले घट्यो सुन

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ सयले कमि आएको छ । सोमवार प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार रहेको थियो ।भने आज मूल्यमा कमि आई प्रतितोला सुन ७५ हजार ९ सय रहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७५ हजार ६ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर आज चाँदीको मूल्यमा स्थिरता छाएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य ८ सय ८० रहेको थियो । भने आजपनि त्यहि मूल्य कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।


२८ माघ २०७६, मंगलवार ०५:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु