कोरोना भाइरसका कारण १०१६ जनाको मृत्यु, ४४ हजारभन्दा बढी संक्रमित

चीनभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १००० नाघेको छ भने ४५ हजार जना संक्रमित भएका छन् । मृत्यु हुने १०१६ जना सबै चीनका नागरिक भएको पुष्टि भएको छ । यसको संक्रमण अहिलेसम्म विश्वका ३५ देशमा फैलिसकेको छ ।

संक्रमितहरुको उपचारका लागि चीन सरकारले हस्पिटल निर्माण गरी सेवा दिएको बताइएको छ । त्यस्तै नयाँ हस्पिटलहरु निर्माणका लागि चीन सरकारले राति दिन कर्मचारीहरु खटाइरहेको छ ।

त्यस्तै चीनमा एक दिनमा नै ३ हजार भन्दा बढी कोरोना भाइरस संक्रमतिहरु भेटिएको बताइएको छ ।

यो संख्या अझै बढ्ने बताइएको छ । मिडिया रिपोर्टका अनुसार यो भाइरस नियन्त्रणका लागि वैज्ञानिकहरु औषधिको खोजीकार्य गरिराखेका छन् । औषधी पत्ता लागेको खबर बाहिर आएपनि यसको आधिकारीक पुष्टि भने हुन सकेको छैन ।


२८ माघ २०७६, मंगलवार ०१:३८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु